national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चौलागा एकादशी - २६

नेपाल-चीन रणनीतिक साझेदारी सम्बन्धी संयुक्त गोष्ठी तथा नीति अनुसन्धान प्रतिष्ठान र चिनियाँ समाजशास्त्र प्रतिष्ठान अन्तर्गतको अन्तर्राष्ट्रिय रणनीति सम्बन्धी राष्ट्रिय अध्ययन संस्थान बिच सहयोगको लागि समझदारीपत्रमा हस्ताक्षर

नेपाल-चीन रणनीतिक साझेदारी सम्बन्धी संयुक्त गोष्ठी तथा नीति अनुसन्धान प्रतिष्ठान र चिनियाँ समाजशास्त्र प्रतिष्ठान अन्तर्गतको अन्तर्राष्ट्रिय रणनीति सम्बन्धी राष्ट्रिय अध्ययन संस्थान बिच सहयोगको लागि समझदारीपत्रमा हस्ताक्षर

नेपाल-चीन रणनीतिक साझेदारी सम्बन्धी संयुक्त गोष्ठी तथा नीति अनुसन्धान प्रतिष्ठान र चिनियाँ समाजशास्त्र प्रतिष्ठान अन्तर्गतको अन्तर्राष्ट्रिय रणनीति सम्बन्धी राष्ट्रिय अध्ययन संस्थान बिच सहयोगको लागि समझदारीपत्रमा हस्ताक्षर

 May 20, 2025

२०८२ जेठ ६
काठमाडौँ, नेपाल

नेपाल सरकारको विशेषज्ञ समूह (थिङ्क ट्याङ्क) नीति अनुसन्धान प्रतिष्ठान र चिनियाँ समाजशास्त्र प्रतिष्ठान अन्तर्गतको अन्तर्राष्ट्रिय रणनीतिसम्बन्धी राष्ट्रिय अध्ययन संस्थान (एनआइआइएस) को सहकार्यमा काठमाडौँमा एक संयुक्त गोष्ठी सम्पन्न भयो। “नेपाल-चीन रणनीतिक साझेदारीको समीक्षा र सम्भावना: साझा भविष्यतर्फको यात्रा”  भन्ने विषयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीनबिचको कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव समेत स्मरण गर्‍यो।

गोष्ठीले सरकारी पदाधिकारी, नीति विश्लेषक, प्राज्ञिक क्षेत्रका विज्ञ, तथा रणनीतिक मामिलाका जानकारहरूलाई एकै थलोमा ल्यायो। गोष्ठीको उद्देश्य नेपाल-चीन सम्बन्धको ऐतिहासिक विकास, वर्तमान अवस्था र भावी दिशा सम्बन्धमा प्राज्ञिक विमर्शलाई प्रवर्द्धन गर्नु रहेको थियो।

उद्‍घाटन समारोह

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालका परराष्ट्र सचिव श्री अमृत बहादुर राईले नेपाल-चीन सम्बन्धको मैत्रीपूर्ण तथा बहुआयामिक चरित्रलाई रेखाङ्कित गर्दै यसको आधार पञ्चशील—शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त—मा आधारित रहेको उल्लेख गर्नुभयो।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा‌ले रणनीतिक साझेदारी र प्राज्ञिक सहकार्यको महत्त्वमा प्रकाश पार्नुभयो। उहाँले द्विपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय सहभागिता समेट्ने बहुपरतीय कूटनीतिक संरचनाको परिप्रेक्ष्यमा नेपाल-चीन सहकार्यको विश्लेषण गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख श्री वाङ सिनले साझा वैश्विक भविष्य निर्माणको दृष्टिकोण अनुरूप मानव समुदायमुखी विकास प्रयासप्रति चीनको प्रतिबद्धता पुनर्पुष्टि गर्नुभयो। एनआइआइएस प्रतिनिधिमण्डल प्रमुख डा. शेन मिङहुइले संस्थाको प्राथमिकता तथा शैक्षिक साझेदारीको महत्त्वबारे जानकारी दिनुभयो।

सम्झौता पत्रमा हस्ताक्षर

गोष्ठी प्रारम्भ हुनुअघि पहिलो चरणमा नीति अनुसन्धान प्रतिष्ठान र चिनियाँ समाजशास्त्र प्रतिष्ठान अन्तर्गतको अन्तर्राष्ट्रिय रणनीतिसम्बन्धी राष्ट्रिय अध्ययन संस्थान (एनआइआइएस) बिच आपसी प्रकाशन आदानप्रदान, संयुक्त अनुसन्धान, द्विपक्षीय संवाद तथा गोष्ठी, र अध्ययन भ्रमण जस्ता क्रियाकलाप आयोजना गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।

पहिलो सत्र : नेपाल-चीन सहयोग साझेदारीको समीक्षा

नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता तथा परराष्ट्र नीति तथा रणनीतिक मामिला केन्द्रका प्रमुख डा. खगनाथ अधिकारीद्वारा सञ्चालित पहिलो नेपाल र चीनको द्विपक्षीय सम्बन्धको समीक्षा गरियो।

  • डा. झम कुमार विश्वकर्मा (नीअप्र) ले दुई देशबिचको ऐतिहासिक सम्बन्धको समग्र समीक्षा गर्नुभयो।
  • डा. वु झाओली (एनआइआइएस) ले राजनीतिक तथा आर्थिक सम्बन्धको विकासक्रम र उच्चस्तरीय भ्रमणहरूमार्फत भएको प्रगति उल्लेख गर्नुभयो।
  • त्रिभुवन विश्वविद्यालयकी श्री अपेक्षा शाहले द्विपक्षीय सम्बन्धमा स्पष्ट सञ्चार र आपसी अपेक्षाको प्राज्ञिक महत्त्वबारे विचार राख्नुभयो।
  • डा. सुन सिहुइ (एनआइआइएस) ले दुई देशका राजनीतिक, सामाजिक, आर्थिक परिप्रेक्ष्य बुझ्न जरुरी रहेको, र रणनीतिक साझेदारी चीनको उच्चतम कूटनीतिक स्तर भएको बताउनुभयो।
  • पूर्व राजदूत तथा नेपाल विश्व मामिला परिषद्का सदस्य डा. दिनेश भट्टराईले रणनीतिक साझेदारीको मूल्याङ्कनका लागि आर्थिक लाभ, वैश्विक प्रभाव, र राष्ट्रिय सुरक्षालाई मापदण्डको रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो।

सत्रको समापनमा सभा सञ्चालक डा. अधिकारीले दुई देशबिचको दीर्घकालीन राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धको सार प्रस्तुत गर्नुभयो।

दोस्रो सत्र : रणनीतिक साझेदारीका सम्भावना

डा. याङ स्याओपिङ (एनआइआइएस) द्वारा सञ्चालित दोस्रो सत्र द्विपक्षीय रणनीतिक साझेदारीको भविष्यमुखी पाटोमा केन्द्रित रहेको थियो।

  • डा. झाङ छ्येन्यु (एनआइआइएस) ले चीनको छिमेकी कूटनीतिमा नेपालको महत्त्व विश्लेषण गर्दै व्यापार, पूर्वाधार, जलविद्युत् विविधीकरण, प्रविधि स्थानान्तरण, र दिगो विकासमा साझेदारीको सम्भावना व्याख्या गर्नुभयो।
  • डा. हरिप्रकाश चन्दले रणनीतिक साझेदारीको सैद्धान्तिक ढाँचा प्रस्तुत गर्दै तीन क्षेत्र (राजनीतिक, सामाजिक, आर्थिक) र तीन आयाम (द्विपक्षीय, त्रिपक्षीय, बहुपक्षीय) को विश्लेषण गर्नुभयो। उहाँले चीनका राष्ट्रपति सी जिनपिङले प्रस्तुत गर्नुभएको चार वटा सहकार्यका आधारहरूसँग मेल खाने “३-४-३ मोडेल” को उपयुक्ततामा पनि समीक्षा गर्नुभयो।
  • पूर्व नेपाली राजदूत डा. महेश कुमार मास्केले नेपालको सार्वभौमिकता र स्वतन्त्र नीतिको व्याख्या गर्दै रणनीतिक साझेदारी र सैनिक गठबन्धनको भिन्नता स्पष्ट गर्नुभयो।
  • डा. झाङ सोङ (एनआइआइएस) ले नेपाल-चीन व्यापार र लगानीका सम्भावनाबारे चर्चा गर्दै भौगोलिक निकटता र पारस्परिक पूरकताको फाइदामा जोड दिनुभयो।

सत्रको अन्त्यमा अन्तरक्रियात्मक छलफल भयो र डा. याङले सत्रको सारांश प्रस्तुत गर्नुभयो।

समापन मन्तव्य

प्रा. डा. लेखनाथ शर्माले समापन मन्तव्य दिँदै आयोजक, प्रस्तुतकर्ता, समीक्षक, र सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले गोष्ठीले अर्थपूर्ण संवादको अवसर दिएको र भविष्यका नयाँ सम्भावनाहरू खोलिदिएको बताउनुभयो। साझा भविष्य साकार पार्न अनुसन्धान र नीति संवादको निरन्तर आवश्यकमा उहाँले जोड दिनुभयो।

सहभागीहरू

अतिथिहरू (चीन):
प्रा. डा. शेन मिङहुई (उप-निर्देशक, NIIS-CASS)
डा. वु झाओली (सह-प्राध्यापक, NIIS-CASS)
डा. सुन सिहुई (सह-प्राध्यापक, NIIS-CASS)
डा. याङ सियाओपिङ (सह-प्राध्यापक, NIIS-CASS)
डा. झाङ छियानयु (सह-प्राध्यापक, NIIS-CASS)
डा. झाङ सोङ (सह-प्राध्यापक, NIIS-CASS)

चिनियाँ राजदूतावास
वाङ सिन (उपप्रमुख, चिनियाँ राजदूतावास)
ली छेङजे (चिनियाँ राजदूतावास)
वु शङनोन (चिनियाँ राजदूतावास)

अतिथिहरू (नेपाल):
अमृत बहादुर राई (परराष्ट्र सचिव, परराष्ट्र मन्त्रालय)
प्रकाश कुमार सुवेदी (कार्यकारी निर्देशक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान)
डा. खगेन्द्र प्रसाईं (डिन, नेपाल खुला विश्वविद्यालय)
डा. ईश्वरी प्रसाद कँडेल (केन्द्रीय अर्थशास्त्र विभाग, त्रिवि)
रितेश शाह (शाखा अधिकृत, परराष्ट्र मन्त्रालय)
यमलाल भूषाल (संयुक्त सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
अपेक्षा शाह (प्रमुख, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग, त्रिवि)
डा. महेश कुमार मास्के (पूर्व राजदूत)
अर्जुन बराल (कार्यकारी निर्देशक, आर्थिक विकास तथा प्रशासन केन्द्र, त्रिवि)
डा. लालबहादुर पुन (प्रमुख, नीति प्रयोगशाला, काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट)

नीति अनुसन्धान प्रतिष्ठान:
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
डा. पुष्पराज राजकर्णिकार (बोर्ड सदस्य)
प्रा. डा. अरविन्द कुमार केशरी (बोर्ड सदस्य)
डा. श्यामु थापा मगर (बोर्ड सदस्य)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. हरिप्रकाश चन्द (अनुसन्धानकर्ता)
डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
डा. झम कुमार विश्वकर्मा (सह-अनुसन्धानकर्ता)
डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
डा. महेश्वर गिरी (सह-अनुसन्धानकर्ता)
डा. प्रभातराज दाहाल (सह-अनुसन्धानकर्ता)
गोपाल आचार्य (सह-अनुसन्धानकर्ता)
रिजा मानन्धर (विश्लेषक)
सोनिया बस्याल (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
सुविन उलक (ग्राफिक डिजाइनर)
संजु कुमारी सरबरिया (वरिष्ठ सहायक)
पर्वत भट्टराई (वरिष्ठ सहायक)
गिता न्यौपाने (वरिष्ठ सहायक)
मिलन श्रेष्ठ (वरिष्ठ सहायक)
आयुष्का के.सी.(इन्टर्न)
आशिष भण्डारी (इन्टर्न)
कुमारी अलिका (इन्टर्न)
धिरज भट्ट (इन्टर्न)
जुना श्रेष्ठ (इन्टर्न)
बलिहाङ लिम्बु (इन्टर्न)
विजय कोइराला (इन्टर्न)
स्नेही रिजाल (इन्टर्न)
सतिस सापकोटा (इन्टर्न)

यस कार्यक्रमका फोटोहरूका लागि कृपया यहाँ क्लिक गर्नु होला l