२०८१ जेठ १४
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठानले नेपालको निजामती सेवामा सदाचारको अवस्थाबारे गरिरहेको एक अध्ययनको सिलसिलामा विज्ञ तथा कर्मचारीहरूको सहभागितामा एक सार्वजनिक नीति संवादको आयोजना गरियो । यस संवादको उद्देश्य अध्ययनको अवधारणामा पृष्ठपोषण प्राप्त गर्नुको साथै निजामती सेवामा सदाचारको वर्तमान अवस्था, सदाचारलाई प्रभावित गर्ने तत्त्वहरू र सदाचार अभिवृद्धि गर्ने उपायहरूको बारेमा जनाकारी र मत सङ्कलन गर्नु रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका कार्यालय प्रबन्धकले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने विज्ञ श्री गोपीनाथ मैनालीले सार्वजनिक सेवामा सदाचारका विविध पक्षहरू समेटिएको एक प्रस्तुति दिनुभएको थियो । श्री मैनालीको प्रस्तुतिमा सार्वजनिक सेवामा सदाचारका सैद्धान्तिक पक्ष, सदाचारका पूर्वाधारहरू, कानूनी व्यवस्था, मनोसामाजिक पक्ष, सदाचारको अवस्था, मुद्दाहरू, सदाचार अभिवृद्धिका उपायहरू र प्रेरक उदाहरणहरू समावेश थिए ।
संवादमा सहभागी महानुभावहरूले आफूले भोगेका अनुभव, आम जनताको धारणा, सदाचारका समस्याहरू र अध्ययनले समेट्नुपर्ने विषय र विधि लगायत विषयमा विचारहरू राख्नुभएको थियो । संवाद कार्यक्रमलाई प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजालले सहजीकरण गर्नुभएको थियो । यस संवादबाट प्राप्त सूचना र योजना बनाईएका थप सघन अन्तर्वार्ता, समूह केन्द्रित छलफल, कर्मचारी सर्वेक्षण लगायतका विधिबाट प्राथमिक सूचना सङ्कलन गरी अध्ययनमा समेट्ने छ ।
उपस्थिति
आमन्त्रित अतिथिहरू:
श्री गोपीनाथ मैनाली (पूर्व सचिव, नेपाल सरकार)
श्री दुर्गा प्रसाद भट्टराई (पूर्व सचिव तथा राजदूत, नेपाल सरकार)
श्री कला बुढा मगर (वा. वि. अ., कृषि सूचना तथा प्रशिक्षण केन्द्र)
डा. दामोदर रेग्मी (पूर्व सचिव, नेपाल सरकार)
श्री पाराश्वर ढुंगाना (सहसचिव एवम् प्रवक्ता, नेपाल कानुन आयोग)
श्री तुलसी शरण सिग्देल (वरिष्ठ अध्ययन निर्देशक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान)
श्री अचला दाहाल (अध्ययन निर्देशक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान)
डा. चिन्तामणिनाथ योगी (साधु)
श्री प्रतीक राज जोशी (शाखा अधिकृत, परराष्ट्र मन्त्रालय)
श्री विक्रम पन्थी (शाखा अधिकृत, अर्थ मन्त्रालय)
श्री प्रदीप कोईराला (सहसचिव, वन तथा वातावरण मन्त्रालय)
श्री कविन्द्र नेपाल (उपसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)
श्री अर्जुनमणि आदी (पूर्व सचिव, नेपाल सरकार)
श्री ध्रुव अधिकारी (तथ्याङ्क अधिकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
श्री प्रजेश खनाल (मुभर्स अम्बासाडर, मुभर्स प्रोग्राम)
डा. आनन्द सिंह भाट (अ. प्रा. महासेनानी, नेपाली सेना)
श्री नरहरि घिमिरे (सह-सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोग)
श्री सुनिता अर्याल (अधिकृत, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय)
श्री प्रमिला तामाङ (अधिकृत, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय)
ज्यो. पं. सूर्य प्रसाद ढुंगेल (कार्यकारी निर्देशक, नेपाल पञ्चाङ्ग निर्णायक समिति)
नीति अनुसन्धान प्रतिष्ठान:
श्री लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. गिरी राज शर्मा (अनुसन्धानकर्ता)
डा. मनिता कुसी (सह-अनुसन्धानकर्ता)
श्री अशोक पाण्डे (सह-अनुसन्धानकर्ता)
श्री गोपाल आचार्य (विश्लेषक)
श्री रीजा मानन्धर (विश्लेषक)
श्री मचा भाइ महर्जन (लेखा अधिकृत)
श्री विमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
श्री अस्बिन पोखरेल (वरिष्ठ सहायक)
श्री अस्मिता रिजाल (इन्टर्न)
श्री दीजा बस्ताकोटी (इन्टर्न)
श्री ज्योति लुइँटेल (इन्टर्न)
श्री कुशल थपलिया (इन्टर्न)
श्री कञ्चन गौतम (इन्टर्न)
श्री प्राञ्जल रिजाल (इन्टर्न)
श्री सोनिया बस्याल (इन्टर्न)