national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चौलागा द्वादशी - २७

विभिन्न विश्वविद्यालयहरूका कानून विद्यार्थीहरूका लागि अभिमुखीकरण: सार्वजनिक नीतिका विविध आयामहरू र कानून निर्माण प्रक्रियाका व्यावहारिक पक्षहरू

नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न उच्च शैक्षिक संस्थाहरूमा कानून सङ्कायमा अध्ययनरत विद्यार्थीहरूका लागि सार्वजनिक नीतिका विविध आयामहरू र कानून निर्माण प्रक्रियाका व्यावहारिक पक्षहरूबारे एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कानून विषयका विद्यार्थीहरूको सामाजिक संस्था युथ फर लिगल अवेरनेसको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सहयोगी संस्थामा आवद्ध सहित त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध विभिन्न उच्च शैक्षिक संस्थाहरूमा कानून विषयमा अध्ययनरत ३९ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिष्ठानकी विश्लेषक रीजा मानन्धरले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै प्रतिष्ठानका कार्यालय प्रवन्धक लक्ष्मण प्रसाद भट्टराईले सार्वजनिक नीति र कानूनका क्षेत्रमा युवा विद्यार्थीहरूको आकर्षण र चासो मुलुकको विकासका सन्दर्भमा सकारात्मक कुरा भएको बताउनु भयो। कार्यक्रमको आयोजनामा सहजीकरण र सहयोग गरेको विद्यार्थीहरूको संस्था युथ फर लिगल अवेरनेसका अध्यक्ष दिवस राज पौडेलले कार्यक्रमको सान्दर्भिकता र औचित्यका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका तर्फबाट तीनवटा विषयगत प्रस्तुतीकरण गरिएको थियो । पहिलो प्रस्तुतिका क्रममा प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. हरि शर्मा न्यौपानेले सहभागीहरूलाई नीति अनुसन्धान प्रतिष्ठानको संक्षिप्त परिचय, प्रतिष्ठानको कार्यादेश र प्रतिष्ठानले गर्ने मुख्य कार्यहरूबारे जानकारी गराउनु भयो । प्रतिष्ठानको परराष्ट्र तथा रणनीतिक मामिला नीति अध्ययन केन्द्रका प्रमुख समेत रहनुभएका वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले सार्वजनिक नीति र नेपालमा नीति निर्माण प्रक्रियाका बारेमा प्रस्तुति गर्नुभयो । यसै गरी, प्रतिष्ठानको शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति अध्ययन केन्द्रका प्रमुख समेत रहनुभएका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजालले नेपालमा कानून निर्माण प्रक्रिया र यसमा देखिएका समस्याका बारेमा विवेचनात्मक प्रस्तुति गर्नु भएको थियो ।

प्रस्तुतीकरण पश्चात सहभागी विद्यार्थीहरूले प्रतिष्ठानको कार्यादेश, अध्ययनको दायरा, डिजिटल पुस्तकालय, जर्नल प्रकाशन आदि विषयमा जिज्ञासा प्रकट गरेका थिए । साथै नीति तथा कानूनका प्रक्रियागत र समसामयिक विषयहरू, नीति निर्माणका समस्याहरू तथा कार्यान्वयनको स्थिति र यस पक्षमा प्रतिष्ठानको भूमिकाबारे पनि विद्यार्थीहरूले गरेका प्रश्नहरूको सम्बन्धित प्रस्तोताहरूले जवाफ दिनुभयो । कार्यक्रमको अन्त्यमा बोल्दै सहयोगी संस्था युथ फर लिगल अवेरनेसका अध्यक्ष दिवस राज पौडेलले प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमबाट सहभागीहरूले सार्वजनिक नीतिका विविध पक्षहरू र नेपालमा कानून निर्माण प्रक्रियाका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूबारे थप ज्ञान हासिल गरेको र नीति अनुसन्धान प्रतिष्ठान र यसका कार्यक्रमका बारेमा पनि प्रष्ट हुने मौका मिलेको बताउदैं कार्यक्रमको आयोजनाका लागि प्रतिष्ठानलाई र सहभागिताका लागि सबै विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सहभागी विद्यार्थीहरू
१. हरि पौडेल (युथ फर लिगल अवेरनेस, नेपाल)
२. सौरभ घिमिरे (युथ फर लिगल अवेरनेस, नेपाल)
३. दिवस राज पौडेल (युथ फर लिगल अवेरनेस, नेपाल)
४. इन्दु अर्याल (युथ फर लिगल अवेरनेस, नेपाल)
५. साकार कोइराला (युथ फर लिगल अवेरनेस, नेपाल)
६. प्रशंसा भट्टराई (युथ फर लिगल अवेरनेस, नेपाल)
७. अश्लेशा लुइँटेल (युथ फर लिगल अवेरनेस, नेपाल)
८. श्रवण बर्सौला (युथ फर लिगल अवेरनेस, नेपाल)
९. लक्ष्मी फौजा मगर (चक्रवर्ती कलेज अफ ल)
१०. कृति जंगम (चक्रवर्ती कलेज अफ ल)
११. सदिक्षा नेपाल (चक्रवर्ती कलेज अफ ल)
१२. सौगात ढकाल (चक्रवर्ती कलेज अफ ल)
१३. मिलन शाही (चक्रवर्ती कलेज अफ ल)
१४. राहुल अर्याल (त्रिभुवन विश्वविद्यालय)
१५. शिरीष पौडेल (नेपाल ल क्याम्पस)
१६. गीता बोगटी (नेपाल ल क्याम्पस)
१७. गरिमा बिष्ट (नेपाल ल क्याम्पस)
१८. बिपिसा रेग्मी (नेपाल ल क्याम्पस)
१९. लक्ष्मी अधिकारी (नेपाल ल क्याम्पस)
२०. जेनिशा उप्रेती (नेपाल ल क्याम्पस)
२१. स्तुति ओली (नेपाल ल क्याम्पस)
२२. अनिश अधिकारी (ख्वप कलेज अफ ल)
२३. दिल बहादुर भण्डारी (ख्वप कलेज अफ ल)
२४. सुनिता खड्का (ख्वप कलेज अफ ल)
२५. जोनाथन तामांग (ख्वप कलेज अफ ल)
२६. कामना काफ्ले (ख्वप कलेज अफ ल)
२७. रितेश पन्थी (नेसनल ल कलेज)
२८. विकास घिसिङ (नेसनल ल कलेज)
२९. संगीता ढकाल (नेसनल ल कलेज)
३०. प्रज्ञान सुबेदी (नेसनल ल कलेज)
३१. अनुस्का प्रजापती (नेसनल ल कलेज)
३२. नबिना कार्की (काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल)
३३. गौरब बन्धु कंडेल (काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल)
३४. नबराज शाही (काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल)
३५. प्रदिप्ति कंडेल (ख्वप कलेज अफ ल)
३६. इशिका खड्का (काठमाडौँ स्कुल अफ ल)
३७. विजेता दाहाल (काठमाडौँ स्कुल अफ ल)
३८. रबिन चौलागाईं (काठमाडौँ स्कुल अफ ल)
३९. मेलिना कार्की (काठमाडौँ स्कुल अफ ल)

नीति अनुसन्धान प्रतिष्ठान
१. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
२. डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
५. अशोक पाण्डे (सह-अनुसन्धानकर्ता)
६. रीजा मानन्धर (विश्लेषक)
७. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
८. संजु सर्बरीया (वरिष्ठ सहायक)
९. ज्योति लुइँटेल (अनुसन्धान इन्टर्न)
१०. सोनिया बस्याल (अनुसन्धान इन्टर्न)
११.अस्मिता रिजाल (अनुसन्धान इन्टर्न)
१२. जेनिस महर्जन (अनुसन्धान इन्टर्न)
१३. कन्चन गौतम (अनुसन्धान इन्टर्न)

यस कार्यक्रमको फोटोहरुका लागि कृपया यहाँ क्लिक गर्नु होला