नेपाल सरकारका लागि आवश्यक सुसूचित, सुविचारित र सान्दर्भिक नीतिका विकल्प र सुझावहरू जुटाउने उद्देश्यले सङ्घीय मामिला, सुशासन र सार्वजनिक सेवाप्रवाह क्षेत्रका मौजुदा सार्वजनिक नीति, कार्यक्रम तथा रणनीतिहरूको अनुसन्धान, समीक्षा र विश्लेषण गर्ने यस केन्द्रको समग्र उद्देश्य रहेको छ । बहुविषयलाई समेट्ने यस नीतिअध्ययन केन्द्रका क्रियाकलापहरू यसका क्षेत्र अन्तर्गत समेटिने व्यापक विषयका नीति अनुसन्धान र संवादमा केन्द्रित रहन्छन् । आम नागरिकहरू सार्वजनिक नीति प्रक्रियाको केन्द्रमा रहनु पर्दछ भन्ने मान्यतामा आधारित भई यस केन्द्रले कार्य गर्दछ ।
मुख्य कार्य क्षेत्रहरू
क) शासकीय प्रबन्ध,
ख) सार्वजनिक सेवाप्रवाह,
ग) सङ्घीय मामिला,
घ) कानुनी मामिला,
ङ) सार्वजनिक संस्थाहरू,
च) शिक्षा, स्वास्थ्य, समाज कल्याण तथा सामाजिक सुरक्षा
अनुसन्धान टोली
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
|
डा. मुक्ति राम रिजाल |
डा. गिरी राज शर्मा |
अशोक पाण्डे |
गोपाल आचार्य |
डा. मनिता कुसी |
कुसुम ढुंगाना |





