प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति श्री माया प्रसाद शर्माबाट नीति अनुसन्धान प्रतिष्ठानमा सौजन्य भेटघाट

राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति श्री माया प्रसाद शर्माबाट नीति अनुसन्धान प्रतिष्ठानमा सौजन्य भेटघाट

राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति श्री माया प्रसाद शर्माले नीति अनुसन्धान प्रतिष्ठानमा पाल्नुभई प्रतिष्ठानको काम, गतिविधि, क्षमता र आवश्यकताको बारेमा जानकारी लिनुभयो र समिति र प्रतिष्ठानका बिच सम्पर्क, सहकार्य र सहयोगको सम्भावित क्षेत्रहरूका विषयमा प्रतिष्ठानका अधिकारी र वरिष्ठ अनुसन्धानकर्ताहरूसँग विचार विनिमय गर्नुभयो । यस भेटघाटमा माननीय सभापतिज्यूका साथ समिति सचिव श्री कमला शाक्य पनि हुनुहुन्थ्यो । भेटघाटमा समितिमा छलफल हुने सार्वजनिक नीति, प्रत्यायोजित विधायन, सरकारी आश्वासन, राष्ट्रिय महत्वका दस्तावेज र अभिलेख व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा अनुसन्धानात्मक सूचनाद्वारा पृष्ठपोषण गर्नका लागि बृहत् सहभागितामूलक सार्वजनिक नीति संवाद र द्रुत अध्ययनमा प्रतिष्ठानले सहयोग र योगदान गर्न सक्ने र प्रतिष्ठानको सार्वजनिक नीति स्रोत केन्द्रलाई स्रोत-सम्पन्न बनाउन र प्रतिष्ठानको संस्थागत सुदृढीकरणमा समितिले सकेको मद्दत गर्न सक्ने विचारहरू विनिमय भए । नीति अनुसन्धान प्रतिष्ठान सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिसँग हुने सम्बद्धता र सहकार्यको लागि उत्साहका साथ प्रतिक्षामा रहेको छ ।

उपस्थिति

राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
१. मा. माया प्रसाद शर्मा
२. श्री कमला शाक्य

नीति अनुसन्धान प्रतिष्ठान
१. श्री लक्ष्मण भट्टराई
२. डा. हरि शर्मा न्यौपाने
३. डा. दीपक कुमार खड्का
४. डा. मुक्ति रिजाल
५. डा. खगनाथ अधिकारी
६. श्री गोपाल आचार्य