national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चौलागा त्रयोदशी - २८

उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सार्वजनिक नीति संवाद

उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सार्वजनिक नीति संवाद

नीति अनुसन्धान प्रतिष्ठानले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामा थप सुधारका लागि मुख्य सरोकारवालाहरूबिच सार्वजनिक नीति संवाद आयोजना गरेको छ ।

सो कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेश पौडेल, शिक्षा सचिव सुरेश अधिकारी, नेपाली कांग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डे, विभिन्न पार्टीका प्रतिनिधिज्यूहरू, चिकित्सा शिक्षा आयोगका उपकुलपति, विश्वविद्यालयका उपकुलपतिज्यूहरू तथा पदाधिकारीहरू, स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा प्रतिनिधिहरू, शिक्षाविद्हरू, प्रदेश सचिवज्यूहरू लगायतका विशिष्ट विज्ञ अतिथिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले शिक्षा मन्त्रालयले विधेयकको मस्यौदा सार्वजनिक गरेर सुझाव माग्ने अभ्यास गरेमा प्रशंसा गर्दै प्रस्तुत विधेयकमा निकै समस्या रहेको र यसलाई सुधार र परिमार्जन भन्दा पनि पुनर्लेखन गरेर जानुपर्ने विचार व्यक्त गर्नु भयो । राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेश पौडेलले यस विधेयकमा हुने छलफलबाट प्राप्त सुझावहरू आफूले स्वीकार गर्ने र सुधार तथा परिमार्जन गर्न आफ्नो स्थानबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यसैगरी पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अहिलेको यो विधेयकले समस्याको समाधान गर्न दिन नसक्ने र यसलाई सच्याउनु पर्ने धारणा राख्नुभयो । नीति अनुसन्धान प्रतिष्ठानले विधेयकमा आधारित भएर हालका उच्च शिक्षाका समस्यालाई विश्लेषण गरेर समाधानको एकमुष्ट प्रतिवेदन तयार गरी दिनु पर्ने सुझाव दिँदै त्यही सुझावको आधारमा संसद्ले विधेयक निर्माण गर्न सहयोग पुग्ने धारणा राख्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डेले यस विधेयकमा प्रचुर आलोचना भएको तर स्वामित्व कसैले लिन चाहेको नदेखिएको भन्दै यसरी धेरै विज्ञहरूको समय र स्रोतको खर्च गरेर उपलब्धि कम हुन राम्रो नहुने विचार व्यक्त गर्नुभयो । नीति अनुसन्धान प्रतिष्ठानले आफ्नो कर्तव्य सम्झेर विधेयकमा छलफल आयोजना गरिदिएर निकै सकारात्मक कार्य गरेको छ भन्दै विज्ञहरूले राखेको धारणाले राजनैतिक नेतृत्वलाई समेत दिशानिर्देश गर्ने गरी सुझाव आउनुपर्ने धारणा उहाँको रहेको थियो । विज्ञहरूले पूर्वाग्रही भएर सुझाव दिन थाल्ने हो भने यो कोलाहल मात्र हुने र यसले कतै पनि पुर्‍याउन नसक्ने तर्क सह-महामन्त्री पाण्डेको रहेको थियो ।

विश्वविद्यालयका उपकुलपतिहरू र प्राध्यापकहरूले विश्वविद्यालयको स्वायत्तता, राजनीतिक अहस्तक्षेप, सदाचार, स्रोत सुनिश्चितता, शैक्षिक गुणस्तर, समन्यायिक पहुँच लगायतका विषयमा जोड दिँदै सुझावहरू दिनुभएको थियो ।
नीति अनुसन्धान प्रतिष्ठानले नीति संवाद कार्यक्रममा विज्ञहरूबाट आएका विचारहरूको समग्र विश्लेषण र संश्लेषण गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सुझाव प्रतिवेदन बुझाउने छ ।

आमन्त्रित अतिथिहरू
१. श्री गिरिराजमणि पोखरेल (पूर्व शिक्षामन्त्री)
२. श्री बद्री प्रसाद पाण्डे (सहमहामन्त्री, नेपाली काँग्रेस)
३. डा. राजेश गिरि (शिक्षा विभाग प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी)
४. श्री सुरेन्द्रमान शाक्य (केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी)
५. श्री हरि आचार्य, (केन्द्रीय सदस्य, राष्ट्रिय जनमोर्चा)
६. श्री अनुप कुमार उपाध्याय (उपाध्यक्ष, नीति तथा योजना आयोग, सुदूरपश्चिम प्रदेश)
७. प्रा. डा. नरबिक्रम थापा (उपाध्यक्ष, प्रदेश नीति तथा योजना आयोग, बागमती प्रदेश)
८. मा. डा. रमेश पौडेल (सदस्य, राष्ट्रिय योजना आयोग)
९. डा. शिला मिश्र (सदस्य, मधेश प्रदेश नीति योजना आयोग)
१०. डा. सोहन प्रसाद साह (सदस्य, मधेश प्रदेश नीति योजना आयोग)
११. प्रा. डा. अन्जनी कुमार झा (उपकुलपति, चिकित्सा शिक्षा आयोग)
१२. प्रा. डा. अमर प्रसाद यादव (उपकुलपति, राजर्षि जनक विश्वविद्यालय)
१३. प्रा. डा. अम्मराज जोशी (उपकुलपति, सुदूरपश्चिम विश्वविद्यालय)
१४. प्रा. डा. उपेन्द्र कोइराला (पूर्व उपकुलपति, मध्यपश्चिम विश्वविद्यालय)
१५. प्रा. डा. डुकबहादुर क्षेत्री (उपकुलपति, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)
१६. प्रा. डा. नन्द बहादुर सिंह (उपकुलपति, मध्यपश्चिमाञ्चल विश्वविद्यालय)
१७. प्रा. डा. पुण्यप्रसाद रेग्मी (उपकुलपति, कृषि तथा वन विज्ञान विश्वविद्यालय)
१८. प्रा. डा. विद्यानाथ कोइराला (शिक्षाविद्)
१९. प्रा. डा. मंगल रावल (उपकुलपति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान)
२०. प्रा. डा. यादव प्रकाश लामिछाने (उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय)
२१. प्रा. डा. यादव राज कोइराला (उपकुलपति, पूर्वाञ्चल विश्वविद्यालय)
२२. प्रा. डा. राजेन्द्र ध्वज जोशी (अध्यक्ष, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय)
२३. प्रा. डा. शीलु मानन्धर बज्राचार्य (उपकुलपति, नेपाल खुला विश्वविद्यालय)
२४. प्रा. डा. सुवर्ण लाल बज्राचार्य (उपकुलपति, लुम्बिनी बौद्ध विश्वविद्यालय)
२५. प्रा. डा. विश्वराज जोशी (उपकुलपति, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान)
२६. प्रा. डा. पन्ना बहादुर थापा (प्राज्ञिक सल्लाहकार, काठमाडौं विश्वविद्यालय)
२७. प्रा. डा. मधुसूदन सुवेदी (प्राध्यापक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)
२८. प्रा. डा. चन्द्रप्रसाद रिजाल (कार्यकारी निर्देशक, मध्यपश्चिम विश्वविद्यालय)
२९. डा. बालकृष्ण आचार्य (डीन, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)
३०. प्रा. डा. हृदय रत्न बज्राचार्य (प्राविधिक सल्लाहकार, विश्वविद्यालय अनुदान आयोग)
३१. प्रा. डा. विनोद पोखरेल (विभागीय प्रमुख, मानवशास्त्र केन्द्रीय विभाग, त्रि.वि.)
३२. प्रा. डा. रमेश कुमार जोशी (अध्यक्ष, नेपाल प्राध्यापक संघ)
३३. श्री गणेश बस्नेत (स्वयंसेवक, मधेश प्रदेश)
३४. श्री गोविन्द राज मरासिनी (अनुसन्धानकर्ता, न्यु एरा)
३५. डा. निमानन्द रिजाल (प्राविधिक शिक्षाविद्)
३६. श्री निष्णु थिङ (अनुसन्धानकर्ता, आदिवासी जनजाति प्रतिष्ठान)
३७. श्री सुरेश अधिकारी (सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
३८. श्री भिष्मकुमार भूसाल (सचिव, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश)
३९. श्री लक्ष्मीप्रसाद भट्टराई (सचिव, सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश)
४०. श्री शिवकुमार सापकोटा (सहसचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय)
४१. श्री श्रीप्रसाद भट्टराई (सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
४२. श्री पीताम्बर भण्डारी (उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
४३. श्री राजु श्रेष्ठ (उपसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय)
४४. डा. बिन्दा पाण्डे (वरिष्ठ विज्ञ सल्लाहकार, नीति अनुसन्धान प्रतिष्ठान)

नीति अनुसन्धान प्रतिष्ठान परिवार
१. श्री लक्ष्मण प्रसाद भट्टरार्इ (कार्यालय प्रबन्धक)
२. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
३. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. मुक्तिराम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. गिरिराज शर्मा (अनुसन्धानकर्ता)
६. श्री अशोक पाण्डे (सह-अनुसन्धानकर्ता)
७. श्री राजेन्द्र सेन्चुरी (विश्लेषक)
८. श्री गोपाल आचार्य (विश्लेषक)
९. श्री रिजा मानन्धर (विश्लेषक)
१०. श्री उर्मिला कोजु (इन्टर्न)
११. श्री कन्चन गौतम इन्टर्न)
१२. श्री कुशल थपलिया (इन्टर्न)
१३. श्री ज्योति लुइँटेल (इन्टर्न)
१४. श्री सन्जोग सिंह कडायत (इन्टर्न)
१५. श्री सोनिया बस्याल (इन्टर्न)