प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

“नेपालका आर्थिक एवं सामाजिक नीतिहरूसँग अष्ट-ज को पूरकता” विषयमा प्रा. डा. दुर्गा दत्त पौडेलको नीति प्रवचन

“नेपालका आर्थिक एवं सामाजिक नीतिहरूसँग अष्ट-ज को पूरकता” विषयमा प्रा. डा. दुर्गा दत्त पौडेलको नीति प्रवचन

नीति अनुसन्धान प्रतिष्ठानले “नेपालका आर्थिक एवं सामाजिक नीतिहरूसँग अष्ट-ज को पूरकता” विषयमा प्रा. डा. दुर्गा दत्त पौडेलको नीति प्रवचन कार्यक्रम आयोजना गर्‍यो । प्रा. डा. पौडेल संयुक्त राज्य अमेरिकाको लुइजियाना लाफाएट विश्वविद्यालयमा वातावरण विज्ञान विषयका प्राध्यापक हुनुहुन्छ ।

नीति प्रवचन अष्ट–ज (जल, जमिन, जङ्गल, जडीबुटी, जनशक्ति, जनावर, जराजुरी, जलवायु) सिद्धान्तमा केन्द्रित थियो। अष्ठ-ज नेपालको परिप्रेक्ष्यमा आर्थिक वृद्धि, सामाजिक कल्याण र समृद्धिको दिशामा अघि बढ्नका लागि सबै अङ्गहरूलाई जोड्ने तत्त्वहरू र संरचना केन्द्रित प्रणाली सोच (system thinking) बिचको अन्तरसम्बन्धलाई जोड दिने सिद्धान्त हो जसलाई प्रा. डा. पौडेल लगायतले प्रतिपादन गर्नुभएको हो। नीति प्रवचनमा नेपालका लागि प्राकृतिक स्रोतमा आधारित विकास दृष्टिकोणको सन्दर्भमा विद्यमान नीतिहरू, नीति प्रभाव र नीति अन्तरालबारे पनि छलफल भएको थियो। प्रवचन पछिको प्रश्नोत्तर सत्रमा प्रतिष्ठानका अनुसन्धानकर्ताहरूले स्थानीय र वैश्विक सन्दर्भमा अष्ठ-ज को वैज्ञानिक कठोरता, सार्वजनिक नीतिसँगको सुसंगतता र अभ्यासहरूको बारेमा जिज्ञासा राख्नुको साथै प्राकृतिक स्रोतमा आधारित विकास दृष्टिकोणको सन्दर्भमा नीतिगत प्रभाव, नीतिगत अन्तराल र विद्यमान नीतिहरूबारे पनि वार्तालाप गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनालले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका कार्यालय प्रबन्धक लक्ष्मण भट्टराईले प्राध्यापक पौडेललाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।

१. प्रा. डा. दुर्गा दत्त पौडेल
२. श्री लक्ष्मण प्रसाद भट्टरार्इ
३. डा. मुक्तिराम रिजाल
४. डा. खग नाथ अधिकारी
५. डा. हरि शर्मा न्यौपाने
६. डा. दीपक कुमार खड्का
७. डा. कल्पना खनाल
८. डा. गिरिराज शर्मा
९. डा. मन्दिरा लामिछाने धिमाल
१०. डा. मनिता कुसी
११. डा. सबिन बसी
१२. डा. झम कुमार विश्वकर्मा
१३. श्री अशोक पाण्डे
१४. श्री दीपेन्द्र प्रसाद पन्त
१५. श्री गोपाल आचार्य
१६. श्री राजेन्द्र सेन्चुरी
१७. श्री रिजा मानन्धर
१८. श्री संजु कुमारी सरबरिया
१९. श्री अस्विन पोख्रेल
२०. श्री बिमल चन्द्र शर्मा
२१. श्री प्राञ्जल रिजाल
२२. श्री अस्मिता रिजाल
२३. श्री उर्मिला कोजु
२४. श्री लक्ष्मी कँडेल
२५. श्री दिजा बस्ताकोटी
२६. श्री कुशल थपलिया
२७. श्री ज्योति लुइँटेल
२८. श्री कन्चन गौतम