प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व पारु - १

नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धाता तथा मिसिगन टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. दुक्क केसीबिच अन्तर्क्रिया  सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धाता तथा मिसिगन टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. दुक्क केसीबिच अन्तर्क्रिया  सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता तथा मिसिगन टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट रिसर्च डीन र एसोसिएट प्रोफेसर डा. दुक्क केसीबिच विश्वविद्यालयको शैक्षिक व्यवस्थापन र अनुसन्धान क्षेत्रका अनुभवहरू साटासाट गर्ने अभिप्रायका साथ आयोजित अन्तरक्रियामा डा. केसीले मिसिगन टेक्नोलोजिकल युनिभर्सिटीमा एसोसिएट रिसर्च डीन र निर्देशक तथा बायोइन्फर्मेटिक्स, डेटा विज्ञान र मेसिन लर्निङका एसोसिएट प्रोफेसरको रूपमा एवम् त्यस अघिका पेसागत यात्राका क्रममा प्राप्त अनुभव प्रतिष्ठानका अनुसन्धानकर्ताहरूसँग बाँड्नुभयो। प्रतिष्ठानका अनुसन्धानकर्ताहरूले उच्च शिक्षाको शैक्षिक व्यवस्थापन र सूचना तथा सञ्चार प्रविधि, डाटा विज्ञान र बायोइन्फर्मेटिक्समा शिक्षा र अनुसन्धानको नीतिगत आवश्यकताहरूबारे आफ्ना विचारहरू राख्नुभयो। डा. केसी र प्रतिष्ठानका अनुसन्धानकर्ताहरू नीति अध्ययन, वैज्ञानिक समीक्षा, र जर्नलका लागि शोधलेखनमा सम्भावित सहयोग र संलग्नताको क्षेत्रबारे थप छलफल गर्न सहमत भए। नीति अनुसन्धान प्रतिष्ठानले ज्ञान संश्लेषण र नीति प्रक्रियाको सन्धिस्थलको रूपमा काम गर्ने र यसो गर्दा स्वदेश तथा विदेशका प्राज्ञहरूका लागि विभिन्न प्रकारका संलग्नताका लागि अवसर उपलब्ध हुने कुरामा छलफलमा सहभागी सबैको साझा बुझाइ रह्यो।

उपस्थिति
१. डा. दुक्क केसी (एशोसियट रिसर्च डीन, एमटीयु)
२. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता, नीअप्र)
३. डा. भोगेन्द्र मिश्र (अनुसन्धानकर्ता, नीअप्र)
४. डा. बिक्रम आचार्य (अनुसन्धानकर्ता, नीअप्र)
५. डा. सबिन बसी (सहअनुसन्धानकर्ता, नीअप्र)
६. श्री अशोक पाण्डे (सहअनुसन्धानकर्ता, नीअप्र)
७. श्री रिपेश खरेल (इन्टर्न, नीअप्र)