प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

प्रतिष्ठान र नेपाल राष्ट्र बैंक बीच सहकार्यका लागि छलफल

प्रतिष्ठान र नेपाल राष्ट्र बैंक बीच सहकार्यका लागि छलफल

नेपाल राष्ट्र बैंकका गभर्नर र नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष बीच भएको टेलिफोन वार्ता पश्चात सम्भावित साझा चासोका विषयहरू र क्षेत्रमा सहकार्यका लागि थप व्यावहारिक तरिका र उपायहरू पहिचान गरी अघिबढ्ने उद्देश्यले नीति अनुसन्धान प्रतिष्ठान र नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरू बीच २०७८ साल साउन महिनाको ११ गते एक अन्तरक्रिया सम्पन्न भयो ।

आ-आफ्ना संस्थाका योजना र प्राथमिकताको संक्षिप्त प्रस्तुती पश्चात सहाभागी प्रतिनिधिहरू गुणस्तरीय परिणामका लागि सहकार्य आवश्यक भएकोमा एकमत हुँदै वृहत् आर्थिक मुद्दाहरू, विधागत तालिम तथा कार्यशालाहरू मार्फत पारस्परिक क्षमता विकास र प्रकाशनहरूका विज्ञ समीक्षा, सूचना तथा तथ्यांक आदान प्रदान लगायतका गैर-वित्तीय क्षेत्रका कार्यका लागि आगामी दिनमा औपचारिक समझदारीमा पुग्न सहमत भएका थिए ।

सो अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका तर्फबाट  आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ, निर्देशक डा. दिल्लीराम पोख्रेल, निर्देशक डा. रामशरण खरेल र नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट कार्यकारी अध्यक्ष डा. विष्णु राज उप्रेती, अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खडका, वरिष्ठ अनुसन्धानकर्ताहरू डा. हरि शर्मा नेउपाने, डा. कल्पना खनाल, कार्यालय प्रबन्धक श्री लक्ष्मण भट्टराई र सूचना तथा ज्ञान व्यवस्थापन विभाग प्रमुख डा. मुकुन्द राज कट्टेलको उपस्थिति थियो ।