प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व द्वितीया - २

मस्यौदा कृषिनीति २०७७ उपर अन्तक्र्रिया

मस्यौदा कृषिनीति २०७७ उपर अन्तक्र्रिया

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मस्यौदा गरेको राष्ट्रिय कृषिनीति २०७७ माथि छलफल गर्न प्रतिष्ठानले २०७७ साल चैत १७ गते अनलाइन छलफलको आयोजना ग¥यो । मन्त्रालयले प्रतिष्ठानलाई सो मस्यौदामा समीक्षा गरिदिन अनुरोध गरेबमोजिम आयोजित छलफलमा कृषकका पेसागत समूह, कृषिविज्ञ, अनुसन्धानकर्ता तथा मन्त्रालयका अधिकारीको सक्रिय उपस्थिति रहेको थियो ।
मन्त्रालयले उपयुक्त समयमा मस्यौदा गरी ल्याएको नीतिप्रति उपस्थित विज्ञहरूले खुसी व्यक्त गर्दै छलफलका लागि आमन्त्रण गरेकोमा आभारसमेत व्यक्त गर्नुभएको थियो । उहाँहरूले नीतिमा सुधार गर्नुपर्ने धेरै विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो । प्राप्त सुझावहरू सङ्कलन गरी र आफ्ना दृष्टिकोणसमेत समावेश गरी प्रतिष्ठानले मन्त्रालयलाई सुझाव दिनेछ ।