वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
३१ जेठ, २०७७
नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले चीनका लागि नेपालका नामित राजदूत श्री महेन्द्र बहादुर पाण्डेलाई आफ्नो कार्यालयमा स्वागत गर्ने अवसर पाएको छ।
सो अवसरमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले राजदूत पाण्डेलाई प्रतिष्ठानका हालका गतिविधि र भावी योजनाबारे जानकारी दिनुभयो। उहाँले बहुवर्षीय रणनीतिक योजनाको तयारी, अनुसन्धान गतिविधिहरू, ज्ञान व्यवस्थापन तथा संस्थागत उत्कृष्टता अभिवृद्धिका पहलहरूबारे अवगत गराउनुभयो। उक्त योजनाअन्तर्गत विश्वका प्रतिष्ठित थिङ्क ट्याङ्कहरूसँग व्यावसायिक सहकार्य गर्ने तयारीसमेत गरिएको जानकारी दिइयो।
राजदूत पाण्डेले PRI टिमका केही सदस्यहरूसँगको पुरानो चिनजान सम्झनुभयो र प्रतिष्ठानलाई सकेसम्म सहयोग र प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।