वि.सं:
नेपाल संवत: ११४६ कछलागा तृतीया - १८
१ साउन, २०७७
नीति अनुसन्धान प्रतिष्ठान (PRI) ले श्री मधु प्रसाद रेग्मी र श्री देश वन्धु अधिकारीसँग नेपालमा इलेक्ट्रोनिक भोटिङ प्रणालीसम्बन्धी अनुसन्धान परियोजना कार्यान्वयन गर्न सम्झौता गरेको छ। परियोजनामा श्री रेग्मी प्रमुख अन्वेषक र श्री अधिकारी सह–अन्वेषकको भूमिकामा रहनेछन्।
निर्वाचन आयोगसँगको परामर्शमा तयार गरिएको यस परियोजनाको उद्देश्य प्रणालीको सम्भाव्यता अध्ययन गर्नु हो। यस अन्तर्गत लागत–प्रभावकारिता, प्रविधिको विश्वसनीयता, मतपेटिका प्रयोगको सहजता, साथै सम्बन्धित कानुन, नीति र दस्तावेजहरूको विश्लेषण गरी व्यावहारिक सुझावहरू प्रदान गरिनेछ।