वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व द्वितीया - २
२०८२ पुस ०४
नीति अनुसन्धान प्रतिष्ठान, नारायणहिटी
नीति अनुसन्धान प्रतिष्ठानले प्राध्यापक डा. एडविन भान टेजिलिङ्गेनलाई आमन्त्रित गरी "नीति निर्माणका लागि गुणात्मक अनुसन्धान" विषयक एक नीति प्रवचन आयोजना गर्यो । प्राध्यापक एडविन बेलायतको बोर्नमाउथ विश्वविद्यालयमा प्रजनन स्वास्थ्य अनुसन्धानका प्राध्यापक हुनुहुन्छ । नेपाल लगायत विभिन्न अन्तर्राष्ट्रिय तहका स्वास्थ्य परियोजनाहरूको नेतृत्व गर्नुभएका प्राध्यापक एडविनले मातृस्वास्थ्य र स्वास्थ्य सेवा अनुसन्धानमा व्यापक रूपमा अनुसन्धान लेखहरू प्रकाशन गर्नुभएको छ ।
आफ्नो प्रवचनमा प्रोफेसर एडविनले “किन” सम्बन्धी प्रश्नहरूको उत्तर खोज्न, सिद्धान्त निर्माण गर्न तथा परिमाणात्मक अनुसन्धानका नतिजाहरूको व्याख्या गर्न गुणात्मक अनुसन्धान विशेष रूपमा उपयोगी हुने उल्लेख गर्नुभयो । उहाँले प्रमाणमा आधारित अभ्यास, प्रमाण-सूचित नीति निर्माण र प्रमाणमा आधारित नीति निर्माणबिचका भिन्नताहरू स्पष्ट पार्दै, प्रमाण-सूचित नीति निर्माण कार्यले प्रमाणलाई मूल्य, राजनीति, व्यवहारिकता तथा सरोकारवालाका दृष्टिकोणजस्ता व्यापक सन्दर्भगत कारकहरूसँग जोडेर हेर्नुपर्ने विचार राख्नुभयो । साथै, नीतिनिर्माण, अनुसन्धान प्रमाण, उपलब्ध स्रोत तथा विशेषज्ञता, जनसंख्याका आवश्यकता र प्राथमिकता, तथा संस्थागत र वातावरणीय सन्दर्भहरूको संगममा हुने बताउनुभयो ।
उहाँले ज्ञान परिचालनको महत्त्वलाई पनि जोड दिँदै, यसलाई नीति र व्यवहारलाई सूचित गर्न ज्ञानको सक्रिय सिर्जना र प्रयोगको प्रक्रियाका रूपमा व्याख्या गर्नुभयो । विभिन्न अध्ययनका प्रमाणलाई उद्धृत गर्दै, प्रभावकारी ज्ञान परिचालनका लागि बहुक्षेत्रीय तथा अन्तरनिकाय सिकाइलाई आवश्यक हुने, अवधारणात्मक दृष्टिकोणमाथि समालोचनात्मक मनन हुनुपर्ने तथा ज्ञान परिचालन गतिविधिहरूको सुदृढ मूल्याङ्कन आवश्यक हुने उल्लेख गर्नुभयो । साथै, उहाँले सार्वजनिक सहभागिता र संलग्नता तथा narrative synthesis सम्बन्धी विषयमा पनि आफ्नो धारणा प्रस्तुत गर्नुभयो । यस सन्दर्भमा, meta-narrative synthesis, critical interpretive synthesis, meta-study, meta-ethnography र grounded theory जस्ता गुणात्मक प्रणालीगत समीक्षा विधिहरूमा अधिक रचनात्मक दृष्टिकोण रहने र thematic synthesis, textual narrative synthesis, framework synthesis र ecological triangulation जस्ता विधिहरूमा यथार्थवादी र कठोर दृष्टिकोण रहने बतानुभयो ।
प्रस्तुतिपछि, नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ताहरूले प्रस्तुतीकरणमा आधारित भई आफ्ना जिज्ञासाहरू राख्नुभएको थियो । सो सत्रमा आख्यानात्मक संश्लेषण, अनुसन्धान र नीतिमा सम्भावित पूर्वाग्रहको सम्बोधन, नीतिगत निर्णयमा समाजशास्त्रीय निष्कर्षहरूको प्रयोग, गुणात्मक अनुसन्धानमा आधारित प्रतिवेदन समीक्षा गर्ने तरिका लगायतका विषयहरूमा गहन छलफल भयो । छलफलको निचोड नीति अनुसन्धानको प्राथमिक लक्ष्य प्रमाणमा आधारित नीतिहरू निर्धारण गर्नु मात्र नभई नीतिगत निर्णयहरूलाई सूचित गर्नु पनि हो भन्ने साझा बुझाइमा आधारित रह्यो ।
आफ्नो समापन मन्तव्यमा, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्माले प्राध्यापक एडविनको विद्वतापूर्ण अनुभव र शैक्षिक उत्कृष्टताको प्रशंसा गर्दै प्रतिष्ठानमा उपस्थित भई प्रवचन दिनुभएकोमा प्राध्यापक एडविनप्रति विशेष धन्यवाद पनि व्यक्त गर्नुभयो ।
सहजकर्ता: प्राध्यापक डा. एडविन भान टेजिलिङ्गेन, युकेसिजीई मान्यता प्राप्त अनुसन्धान पर्यवेक्षक, स्वास्थ्य, वातावरण र चिकित्सा विज्ञान संकाय, बोर्नमाउथ विश्वविद्यालय, बेलायत
तस्बिर श्रेय: बिमल चन्द्र शर्मा
प्रतिष्ठानका सहभागीहरू
प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
डा. खग नाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
डा. गिरीराज शर्मा (अनुसन्धानकर्ता)
अशोक पाण्डे (अनुसन्धानकर्ता)
डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
डा. हरि प्रकाश चन्द (अनुसन्धानकर्ता)
डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
डा. झमकुमार विश्वकर्मा (सहअनुसन्धानकर्ता)
डा. मनिता कुसी (सहअनुसन्धानकर्ता)
डा. महेश्वर गिरी (सहअनुसन्धानकर्ता)
गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
दिपेन्द्र प्रसाद पन्त (सहअनुसन्धानकर्ता)
रीजा मानन्धर (सहअनुसन्धानकर्ता)
सोनिया बस्याल (विश्लेषक)
डा. देजिना थापा (विश्लेषक)
प्राञ्जल रिजाल (विश्लेषक)
सुधीर श्रेष्ठ (विश्लेषक)
बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
सञ्जु कुमारी सरबरिया (वरिष्ठ सहायक)
पर्वत भट्टराई (वरिष्ठ सहायक)
गीता न्यौपाने (वरिष्ठ सहायक)