नीति अनुसन्धान प्रतिष्ठानले “नेपाली कक्षाकोठामा अन्तरभाषिक शिक्षण पद्दति: नीतिदेखि व्यवहारसम्म” शीर्षकमा एक सार्वजनिक नीति संवाद आयोजना गर्यो। त्रिभुवन विश्वविद्यालय (नेपाल) र साउथह्याम्पटन विश्वविद्यालय (बेलायत) को संयुक्त पहल र ब्रिटिस काउन्सिलको आर्थिक सहयोगमा गरिएको अनुसन्धान परियोजनामा आधारित उक्त कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को, युनिसेफ, ब्रिटिस काउन्सिल, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राध्यापक, नेपाल भाषाविज्ञान समाज, टिचर एजुकेटर्स सोसाइटी नेपाल लगायत भाषा र शिक्षाको क्षेत्रमा काम गर्ने अन्य संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सेन्टर फर युनिभर्सल एजुकेशन, द ब्रुकिङ्स इन्स्टिच्युसनका अनुसन्धानकर्ता डा. गङ्गाराम गौतमको सहजीकरणमा भएको उक्त कार्यक्रममा साउथह्याम्प्टन विश्वविद्यालयकी अन्तर्राष्ट्रियकरणका निर्देशक तथा सहप्राध्यापक डा. छोइ ताएहीले अनुसन्धान निष्कर्षहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संवादका लागि सन्दर्भ प्रस्तुत गर्दै डा. गौतमले अन्तरभाषिक दृष्टिकोणले धेरै भाषाहरूलाई कक्षाकोठामा ल्याउने मात्र नभई विविध पृष्ठभूमिका विद्यार्थीहरूको ज्ञान र अनुभवलाई समेत एकीकृत गर्ने भएकाले यो पद्धति समावेशी हुने उल्लेख गर्नुभयो । अनुवादभन्दा अलि भिन्नरूपमा बुझिने अन्तरभाषिकीकरणले नेपाली र अंग्रेजीजस्ता प्रमुख भाषाहरूसँगै विद्यार्थीहरूको मातृभाषाको तरल एकीकरणमार्फत विद्यार्थीहरूलाई आफ्नो कल्पना र जीवनअनुभवको माध्यमबाट विषयवस्तुसँग अन्तरघुलित हुन सक्षम बनाउने बताउँदै उहाँले यस प्रक्रियाले उनीहरूमा आत्मविश्वास निर्माण गर्ने, अपनत्वको भावना विकास गर्ने र सांस्कृतिक सम्पदा जोगाउन पनि मद्दत गर्ने बताउनुभयो ।
डा. ताएहीले नेपालमा सञ्चालन भइरहेको “बहुभाषिक शिक्षण पद्धति अपनाउन शिक्षकहरूको सशक्तिकरण” शीर्षकको परियोजना अन्तर्गत Participatory Action Research (PAR) विधि प्रयोग गरी काठमाडौं, ललितपुर र मकवानपुर जिल्लाका चार वटा सार्वजनिक विद्यालयमा नेपाली र अंग्रेजी भाषाका साथै विद्यार्थीहरूको मातृभाषालाई पनि कक्षाकोठामा प्रयोगगर्न शिक्षकहरूलाई दिइएकोतालिम र मार्गदर्शन समेतको आधारमा निकालिएको अध्ययन निष्कर्षहरूको प्रस्तुतिकरण दिनुभएको थियो । यस अभ्यासबाट प्राप्त अनुभवहरू र हङकङ, स्पेन र केन्याका अन्तर्राष्ट्रिय घटना (case) अध्ययनहरूलाई संश्लेषण गरी विभिन्न भाषिक पृष्ठभूमिका विद्यार्थीहरूका लागि समावेशी र समृद्ध शिक्षण वातावरण प्रवर्द्धन गर्न शिक्षक निर्देशिकासमेत विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
प्रस्तुतिपछि सहभागीहरूले नेपालका विविध समुदायहरूको वास्तविकता झल्काउने नीति सिफारिस तयार गर्न अनुसन्धानकर्ताहरुलाई सुझाव प्रदान गर्नुभयो । अधिकांश देशहरू द्विभाषिक र त्रिभाषिक शिक्षण पद्धतिमा केन्द्रित भइरहँदा नेपालमा भने यसको सांस्कृतिक र भाषिक विविधताका कारण एउटै कक्षामा धेरै भाषा समावेश गर्नु चुनौतीपूर्ण रहेको सहभागीहरूको मत रहेको थियो ।
सहभागीहरूले संवैधानिक प्रावधानदेखि पाठ्यक्रम विकाससम्म विभिन्न तहमा केही आंशिक प्रयासहरू भएको उल्लेख गर्दै ती प्रयासहरूलाई एउटै रूपरेखामा समेटी, मातृभाषाहरूको प्रवर्द्धन र शिक्षाको गुणस्तर पुनःपरिभाषित गर्ने दोहोरो उद्देश्यसहितको नीति हस्तक्षेप गर्नु आवश्यक रहेको सुझाव दिनुभयो । साथै, उहाँहरूले भाषा प्राथमिकतामा आधारित भएर शिक्षाको विकासक्रमको अध्ययन, अभिभावकहरूको प्राथमिकताको सर्वेक्षण तथा भाषिक दक्षताको अन्तरपुस्ता भिन्नताको विश्लेषणजस्ता विषयमा विस्तृत अनुसन्धानको आवश्यकता रहेको पनि औंल्याउनुभयो । अनुसन्धानकर्ता डा. प्रेम प्रसाद पौडेल र डा. ताएहीले कार्यक्रममा सहभागीहरूबाट उठेका जिज्ञासाहरूको सम्बोधन गर्नुभएको थियो ।
नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले शिक्षा प्रणाली सुधार तथा सांस्कृतिक एकताको प्रवर्धनका लागि प्रमाणमा आधारित नीति सिफारिसको महत्त्वको बारेमा जोड दिँदै र अनुसन्धान प्रसारका लागि सरोकारवालाबिच संवाद गर्ने मञ्च सिर्जना गर्न प्रतिष्ठान प्रतिबद्ध रहेको उल्लेख गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
तस्बिर: आयुष्का केसी
आमन्त्रित सहभागीहरू
१. डा. ताईही चोई (सहप्राध्यापक, युनिभर्सिटी अफ साउथ ह्याम्पटन)
२. डा. गङ्गाराम गौतम (अनुसन्धानकर्ता, सेन्टर फर युनिभर्सल एजुकेशन, द ब्रुकिङ्स इन्स्टिच्युसन)
३. डा. प्रेमप्रसाद पौडेल (उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
४. भोगेन्द्र लामिछाने (अंग्रेजी तथा विद्यालय शिक्षा प्रमुख, व्रिटिश काउन्सिल)
५. माधवी गौतम घिमिरे (उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
६. डा. लोकबहादुर लोप्चन (का.मु. सचिव, भाषा आयोग)
७. शङ्कर अधिकारी (उपसचिव, शिक्षा मन्त्रालय)
८. डा. चण्डिका प्रसाद भट्ट (प्राध्यापक, कोभेन्ट्री विश्वविद्यालय)
९. विश्वराज गौतम (अनुसन्धानकर्ता, काठमाडौँ विश्वविद्यालय)
१०. डा. कर्णाखर खतिवडा (सहप्राध्यापक,विभागीय प्रमुख, भाषा विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय)
११. डा. भीमलाल गौतम (उपप्राध्यापक, भाषा विज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय)
१२. डा. जगदीश पौडेल (उपप्राध्यापक, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय)
१३. डा. अम्बिका रेग्मी (अध्यक्ष, भाषा विज्ञान समाज)
१४. डा. हरिमाया शर्मा (उपप्राध्यापक, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय)
१५. डा. सुशन आचार्य (प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)
१६. नवीन खनाल (पीएचडी विद्यार्थी, ग्राजुएट स्कल अफ एजुकेसन, त्रिभुवन विश्वविद्यालय)
१७. माया राई (विज्ञ/शिक्षक)
१८. अमृत योञ्जन तामाङ (विज्ञ)
१९. प्रविन प्रकाश श्रेष्ठ (प्रिन्सिपल, वाणी विलास माध्यमिक विद्यालय)
२०. ध्रुवराज रेग्मी (शिक्षा प्रमुख, युनेस्को, काठमाडौँ)
१९. डा. लक्ष्मण ज्ञवाली (प्राध्यापक, काठमाडौँ विश्वविद्यालय)
२०. डा. वेदराज आचार्य (प्राध्यापक तथा डिन, शिक्षाशास्त्र संकाय, त्रिभुवन विश्वविद्यालय)
नीति अनुसन्धान प्रतिष्ठानको तर्फबाट उपस्थिति
१. प्रा. डा. लेखनाथ शर्मा (कार्यकारी अध्यक्ष)
२. लक्ष्मण प्रसाद भट्टराई (कार्यालय प्रबन्धक)
३. डा. खगनाथ अधिकारी (वरिष्ठ अनुसन्धानकर्ता)
४. डा. हरि शर्मा न्यौपाने (वरिष्ठ अनुसन्धानकर्ता)
५. डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता)
६. डा. मुक्ति राम रिजाल (वरिष्ठ अनुसन्धानकर्ता)
७. डा. कल्पना खनाल (वरिष्ठ अनुसन्धानकर्ता)
८. डा. मोहन कुमार शर्मा (वरिष्ठ अनुसन्धानकर्ता)
९. डा. निरञ्जन देवकोटा (अनुसन्धानकर्ता)
१०. डा. सुवास अधिकारी (अनुसन्धानकर्ता)
११. डा. प्रदीप पन्थी (अनुसन्धानकर्ता)
१२. डा. मनिता कुसी (सहअनुसन्धानकर्ता)
१३. गोपाल आचार्य (सहअनुसन्धानकर्ता)
१४. रिजा मानन्धर (विश्लेषक)
१५. डा. देजिना थापा (विश्लेषक)
१६. प्राञ्जल रिजाल (विश्लेषक)
१७. सोनिया बस्याल (विश्लेषक)
१८. बिमल चन्द्र शर्मा (पुस्तकालय व्यवस्थापन संयोजक)
१९. आयुष्का के.सी.(इन्टर्न)
२०. आशिष भण्डारी (इन्टर्न)
२१. कुमारी अलिका (इन्टर्न)
२२. धिरज भट्ट (इन्टर्न)
२३. बलिहाङ लिम्बु (इन्टर्न)
२४. विजय कोइराला (इन्टर्न)
२५. स्नेही रिजाल (इन्टर्न)
२६. सतिस सापकोटा (इन्टर्न)