प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png
logo/PRI LOGO HIGH PNG_2kvcfp2.png

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा आमै - ३०

नीति अनुसन्धान प्रतिष्ठान बोर्ड तथा कर्मचारीबिच परिचय तथा अन्तरक्रिया सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठान बोर्ड तथा कर्मचारीबिच परिचय तथा अन्तरक्रिया सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका सदस्यहरू र कर्मचारीबिच २०८२ असार १ गते परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

नीति अनुसन्धान प्रतिष्ठान (गठन) आदेश २०७५ बमोजिम गठित प्रतिष्ठानमा अनुसन्धान समूहमा २२ र अन्य गरी ३५ जनाको दरबन्दी रहेकामा केही समयदेखि विभिन्न पदहरू रिक्त रही पछिल्लो समयमा ती सबै रिक्त पदहरूमा नियुक्ति भएको सन्दर्भमा उक्त अन्तरक्रिया गरिएको थियो । प्रतिष्ठानले दुई चरणमा गरी १ जना वरिष्ठ अनुसन्धानकर्ता, ५ जना अनुसन्धानकर्ता, ४ जना सहअनुसन्धानकर्ता, ३ जना विश्लेषक, ३ जना वरिष्ठ सहायक लगायत वार्षिक रूपमा संचालन गरिने इन्टर्नसिप कार्यक्रम अन्तर्गत ९ जना इन्टर्नहरूको नियुक्ति गरी सम्पूर्ण पदहरू पूर्ति गरेको छ ।

प्रतिष्ठानका कार्यालय प्रबन्धक तथा बोर्ड सदस्य सचिव श्री लक्ष्मण प्रसाद भट्टराईले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका नवनियुक्त अनुसन्धानकर्ता तथा अन्य कर्मचारीहरूले शैक्षिक पृष्ठभूमि, अनुसन्धान रुचिबारे जानकारी दिई सुम्पिएको जिम्मेवारीप्रति आफ्ना प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

परिचय पश्चात्, व्यवस्थापन विभागका प्रमुख तथा कार्यालय प्रबन्धक श्री लक्ष्मण प्रसाद भट्टराई, अनुसन्धान विभाग प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. हरि शर्मा न्यौपाने र सूचना तथा ज्ञान व्यवस्थापन विभागका प्रमुख तथा वरिष्ठ अनुसन्धानकर्ता डा. मोहन कुमार शर्माले आफ्ना विभाग अन्तर्गत भएका कार्यहरूमा आधारित भई प्रस्तुतीकरण दिनु भएको थियो ।

विभागीय प्रस्तुति तथा परिचयमा आधारित भई बोर्ड सदस्यज्यूहरूले आफ्ना राय प्रकट गर्नुभएको थियो ।

बोर्ड सदस्य डा. श्यामु थापा मगरले विभिन्न विधामा विशिष्टता हासिल गर्नुभएका अनुसन्धानकर्ताहरू छनोट भई आएकोमा खुशी प्रकट गर्दै आगामी दिनमा प्रतिष्ठानप्रति उहाँहरू जिम्मेवार रहनुहुने अपेक्षा व्यक्त गर्नुभयो । यसैगरी, बोर्ड सदस्य डा. इन्द्र कुमारी अधिकारी संस्थाले गर्ने अनुसन्धानका कार्यहरूको सान्दर्भिकता, गुणस्तर र औचित्य स्थापित गर्दै प्रमाणमा आधारित नीति सिफारिस गर्न सबै तत्पर रहनुपर्ने उल्लेख गर्नुभयो । साथै, बोर्ड सदस्य डा. पुष्पराज राजकर्णिकारले नेपालमै केही गर्छु भन्ने दृढ अठोटका साथ नीति अनुसन्धानका क्षेत्रमा प्रवेश गर्नुभएका प्राज्ञिक व्यक्तिहरूमा समस्या तथा अभावको स्थितिमा पनि उत्कृष्ट योगदान गर्ने सामर्थ्य रहने विश्वास प्रकट गर्नुभयो ।

कार्यक्रमको समापनमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले प्रतिष्ठानप्रति रहेका अपेक्षा र प्रतिष्ठान परिवारले व्यक्त गरेका प्रतिबद्धताबिच सामञ्जस्य कायम गर्दै नीति अनुसन्धानका कार्यमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले सम्पूर्ण कर्मचारीहरूबाट यथोचित योगदान प्राप्त हुने आशा व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।

यस कार्यक्रमका फोटोहरूका लागि यहाँ क्लिक गर्नु होला