सह अनुसन्धानकर्ता
रिजा मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त गर्नु भएको छ। हाल उहाँ नीति अनुसन्धान प्रतिष्ठानको प्राकृतिक संसाधन तथा प्रविधि नीति अध्ययन केन्द्रमा सहअनुसन्धानकर्ताको पदमा कार्यरत हुनुहुन्छ ।
यसअघि उहाँ नीति अनुसन्धान प्रतिष्ठानमै विश्लेषकको रूपमा कार्यरत हुनुहुन्थ्यो। सामाजिक तथा वातावारणीय अनुसन्धान नेपालमा वरिष्ठ अनुसन्धान अधिकृतको रूपमा समेत उहाँको कार्यानुभव रहेको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विज्ञान विभागमा अनुसन्धान सहायकको रूपमा काम गर्दा उहाँ जलवायुसम्बन्धी तथ्याङ्क विश्लेषण, बालुवा-गिट्टी उत्खननको निगरानी, तथा अन्य फिल्ड अनुसन्धान गतिविधिहरूमा संलग्न हुनुहुन्थ्यो। पेशागत कार्यबाहेक, रोटरी क्लब अफ पाटन हेरिटेजकी सदस्यको रूपमा उहाँले वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य सेवा, र सामाजिक कल्याणमा केन्द्रित सामुदायिक कार्यक्रमहरूमा सक्रिय रूपमा योगदान पुर्याउँदै आउनुभएको छ ।
उहाँ प्राकृतिक स्रोत तथा वातावरण क्षेत्रका विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी नीति अनुसन्धान तथा विश्लेषणमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ, र सरकारी नीतिगत प्रक्रियामा महत्वपूर्ण सुझाव र प्रतिकृया प्रदान गर्दै आउनु भएको छ। एक दशकभन्दा बढीको अनुभवसहित, मानन्धर वातावरणीय तथा सामाजिक अध्ययन, ठूला परिमाणका सर्वेक्षण तथ्याङ्क व्यवस्थापन, गणनात्मक विश्लेषण, र नीतिगत अनुसन्धानजस्ता बहु-आयामिक विषयवस्तुमा विशेष दक्षता राख्नुहुन्छ।