राजु अधिकारी

राजु अधिकारी

इन्टर्न

मध्यपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सहकार्य र विकाश विषयमा स्नातोकोत्तर गर्दै गर्नुभएका राजु अधिकारी, नीति अनुसन्धान प्रतिष्ठानको “परराष्ट्र तथा रणनीतिक मामिला नीति अध्ययन केन्द्र”  अन्तर्गत रहि अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक नीति, श्रम बसाइँसराई, सार्वजनिक सेवा तथा दीगो विकाशमा विशेष अनुभव हाँसिल गर्दै गरेका प्रशिक्षार्थी अनुसन्धानकर्ता हुनुहुन्छ । प्रतिष्ठानमा रहि अधिकारीले प्रमाणमा आधारित नीति विश्लेषण, अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग, शासकीय सम्बन्ध र कूटनीति र विकाशको आर्थिक-सामाजिक अन्तरसम्बन्ध जस्ता विषयहरूमा खोज गर्दै हुनुहुन्छ । शैक्षिक र व्यावसायिक संलग्नता मार्फत मौलिक नीतिहरूलाई प्रवर्द्धन गर्दै समावेशी विकाश र अन्तर्राष्ट्रिय सहकार्यलाई जोडेर क्षेत्रीय र विश्वव्यापी मामिलाहरूमा सन्तुलित संवादलाई अगाडि बढाउने वहाँको दीर्घकालीन चिन्तन रहेको छ । विगतमा, सार्वजनिक संवाद तथा अखबारी साहित्य लेखन मार्फत आफ्ना विचारलाहरूलाई साझा गर्दैगर्दा नीति निर्माणमा रूझान बढेको कारण वहाँमा नीति अनुसन्धानलाई व्यावहारिक कार्यान्वयनसँग जोड्ने विषयहरूमा शोध गर्न सक्षम हुनुहुन्छ । नीति अनुसन्धान, रणनीतिक योजना, सार्वजनिक मामिला र परियोजना व्यवस्थापन जस्ता बहुविधात्मक पृष्ठभूमिका साथ, वहाँले नागरिक बसाइँसराइ, मानव सुरक्षा, नागरिक संलग्नता, र संस्थागत क्षमता निर्माणसँग सम्बन्धित पहलहरूमा योगदान पुर्‍याउँदै हुनुहुन्छ । संगठनात्मक नेतृत्वसँगै डिजिटल प्रविधिमा पनि उत्तिकै चासो राख्नुहुने अधिकारीको व्यावसायिक विशेषज्ञता प्रशिक्षणद्वारा परिपूर्ण हुँदैछ ।